धनकुटा / नेपाल पत्रकार महासंघ धनकुटा शाखामा क्रियाशिल ३३ जना पत्रकारहरुको कोरोना विमा गरिएको छ ।
जनज्योति वचत तथा ऋण सहकारी संस्था लि.धनकुटा–६ को सौजन्यमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत धनकुटा शाखामा क्रियाशिल ३३ जना स्थानिय पत्रकारहरुको विमा गरिएको एक कार्यक्रमको आयोजना गरि जानकारी दिइएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आयोजना गरेको पत्रकारहरुको कोरोना विमा सम्वन्धी कार्यक्रममा सहकारीका अध्यक्ष बिकास घिमिरेले आफ्नो संस्थाको तर्फबाट विमा गरिएको जानकारी दिए ।

सो अवसरमा उनले सहकारीको लोककल्याणकारी सामाजिक उत्तरदायित्व अनरुपको कुनै न कुनै काम हरेक वर्ष गर्ने गरिएको र सोही कार्यक्रमको लक्ष्य अनरुप धनकुटाका पत्रकारहरुको विमा गर्न सहयोग गरेको स्पष्ट पारे । उनले आफ्नो संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्वलाई टेवा पुग्ने कुनै न कुनै कार्यक्रम गर्ने गरेको वताए ।

सो अवसरमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड धनकुटा शाखाका प्रमुख सन्तोष राईले यहाँ क्रियाशिल ३३ जना पत्रकारहरुको जनही ६ सयका दरले १ वर्षको लागी विमा गरिएको जानकारी दिए । उनले विमाको मान्य अवधी ०७७ साल जेष्ठ १५ गतेसम्म रहने बताए ।

पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पदेश सदस्य सन्तोष रुचाल, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, फोनिजका अध्यक्ष सन्तबीर लामा लगायतले विमा कार्यक्रमले जोखिम मोलेर समचार संकलन गर्ने पत्रकारहरुको लागी ठूलो सहयोग पु¥याएको वताउँदै सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन शाखा सचिव विदुर खवासले गरेका थिए ।
तस्विर पनि छ ।