धरान । बाजुरा जिल्लाकी एक दुई वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

मृतक बालिकाको स्वाब परीक्षणपछि कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । आइतबार बिहान मृत्यु भएकी बालिकाको दुई दिनअघि नै स्वाब परीक्षणका लागि धनगढी पठाइएको थियो । उनी जिल्ल अस्पतालमा उपचाररत थिइन् । उनको आमालाई पनि कोरोना भएको पुष्टि भएको छ ।

ती मृतक बालिकको बुबाआमा नै एक साताअघि भारतको दिल्लीबाट नेपाल आएाक थिए । चार दिनअघि उनीहरू जिल्ला अस्पताल आएका थिए । बालिकामा ज्वरो, झाडापखाला, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीले जनाएका छन् । अस्पताल ल्याउँदा उनी बेहोस अवस्थामा रहेकी थिइन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि ७ जनाको ज्यान गएको थियो तर हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्नेको तथ्याङ्क अद्यावधिक गरेको छैन ।