सिरहा । सिरहामा कोरोना संक्रमितको संख्या २५ जना पुगेका छन् । शनिबार बिहानै ११ जना थप कोरोना पुष्टि भएको छ ।

सिरहामा कोरोना संक्रमित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार लहान नगरपालिकामा रहेको जेएस मुरारका क्वारेन्टाइनमा ३ जना, लहान नगरपालिका भित्र रहेको पडरिया गाउँमा ५ जना, धनगडीमाई नगरपालिकामा २ जना र कल्याणपुर नगरपालिकामा १ जना गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको बताए ।

त्यसै गरी कोरोना संक्रमण पुष्टि भएको २८, २९, ३३ वर्ष समूहका पुरुषहरु र उनीहरु भारतको विभिन्न ठाउँबाट आएका प्रमुख जिल्ला अधिकारी सिरहाका सरोजप्रसाद गुरागाँईले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।