धरान  / भारतले उसको देशमा काम गर्न गएका नेपालीहरुलाई सिमा नाकामा ल्याएर अलपत्र छाडिरहेका बेला नेपालको एक स्थानीय तहले भने भारतबाट नेपालमा मजदुरी गर्नआएका मजदुरहरुलाई समन्वय गरेर गाडीमा हालेरपठाएको छ ।
भारतको बिहार राज्य स्थित भागलपुर जिल्लाबाट रोजगारका लागि धरान आएका ३९ जना सिलाई मजदुरहरूलाई आज गाडीमा राखेर पठाइएको धरान मुस्लिम समाजका संयोजक फिरोज अलीले जानकारी दिए ।

धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको पहलमा भागलपुरजिल्लाको प्रशासनसँगकोसमन्वयमा धरानमा कार्यरत मजदुरहरूलाई पठाइएको हो । उनीहरूलाई जोगबनी नाका हुँदै भारत प्रवेश गराइएको थियो । सबैलाई स्यानिटाइजर, मास्क र पञ्जासहित विदाइ गरीएको अलिले जानकारी दिए ।

दुईमहिनासम्म रोजगारदाताले उनीहरुलाईखानबस्नकोव्यवस्था गदैंआएको थियो । स्थानीय सरकारले राहत उपलब्द गराउदैं आएको थियो । संक्रमितहरु बढ्दैंजादा लकडाउन पनि लम्बिने भए पछि उनीहरुलाईआफ्नो देश पठाइएको उपमेयर भण्डारीले जानकारी दिइन ।

पहिलो चरणमा ३९ जना पठाइएको छ । उनीहरुलाई सिमा नाकामा समन्वय गर्न मुस्लिम समाजका सदस्य गुलबहार र मोहम्मद सागिरले सहयोग गरेका थिए ।

186259315India