• सन्तबीर लामा

धनकुटा /  धनकुटा नगरपालिकाले वडा नं.६ मा निर्माण गरेको क्वारेन्र्टानमा १२ जनालाई कोरोना संक्रमणको आंशकमा राखिएको छ । 

 जिल्ला अस्पताल धनकुटामा कोरोना संक्रमणको पुष्ठी भएपछि त्यहाँ संम्पर्कमा आएकाहरुको कन्ट्राक्क्ट ट्रेसिङको माध्यामबाट खोजी गरेर क्वारेन्टाइनमा राखिएको धनकुटा नगरपालिका कार्यालयले जनाएको छ । धनकुटा नगरपालिका क्षेत्र र वाहिरका गरी १२ जनालाई आवश्याक व्यवस्थापन गरी क्वारेन्र्टानमा राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर थापाले वताए । 

 अधिकांश जिल्ला अस्पतालमा सम्पर्कमा आएकाहरुलाई संक्रमण भए नभएको थाहा पाउनको लागी १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । क्वारेन्टाइइमा २ महिलासहित ३ जना सुरक्षाकर्मी समेतलाई राखिएको छ भने अन्य सर्वसाधरण जो जिल्ला अस्पतालमा उपचारको क्रममा सम्पर्कमा आएकाहरु रहेको छन् ।

क्वारेन्टाइनमा वसेकाहरुलाई धनकुटा नगरपालिकाले खाना र खाजाको व्यवस्था मिलाएको जनाएको छ । क्वारेन्टाइनमा वसेकाहरुको सुरक्षाको लागी प्रहरी निरीक्षकको कमाण्डमा ५ जनालाई खटाइएको छ भने स्वास्थ्य जाँचको लागी ३ जना स्वास्थ्यकर्मीको समेत व्यावस्था गरिएको छ । उनीहरुको लागी भने छुट्टै कार्यालयको व्यावस्थापन गरिएको छ । उक्त क्वारेन्टाइनमा १ सय १० जना भन्दा वढीलाई व्यवस्थापन गर्न सकिने वताइएको छ । 

 क्वारेन्टाइनमा वसेकोहरुलाई बोर फिलिङ्ग नहोस भन्नाको खातिर धनकुटा नगरपालिकाले आइइतवार देखि इन्टरनेट सेवा समेत जोडि दिएको प्रशासकिय अधिकृत डम्बर रोगुले वताए । क्वारेन्टाईनमा अफिसियल १ र अर्को फ्रि वाईफाई गरी २ वटा पोइन्ट इन्टरनेट सेवा जडान गरिएको रोगुले जानकारी दिएका छन् ।

नगरपालिकाले हरेक दिन ५ जना सुरक्षाकर्मीसहित १७ जनालाई दैनिक चिया, नास्ता, खाने वस्नेको व्यवास्था तीन दिनदेखि गर्दै उनले वताए ।