धरान । दक्षिण अमेरिका पछिल्लो समय कोरोना भाइरसको ‘नयाँ इपिसेन्टर’ बनिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रभावित दक्षिण अमेरिकामा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म २१ ह्जार ११६ जनाको ज्यान गइसकेको छ भने ३ लाख ३२ हजार ३८२ जना संक्रमित बनेका छन् । संक्रमितको हिसाले मृत्यु दर भने कम रहेको डब्ल्युएचओले जनाएको छ । त्यस्तै अफ्रिका क्षेत्रमा पनि एक लाखको हाराहारीमा संक्रमित भइसकेका छन् । 

अफ्रिकामा १४ साता अगाडि पहिलो पटक संक्रमण पुष्टि भएको थियो । हालसम्म अफ्रिकाका सबैजसो मुलुकमा कोरोना संक्रमण फैलिसकेको शुक्रबार डब्ल्युएचओले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म अफ्रिका महादेशमा ३ हजार १ सयको मृत्यु भइसकेको तथ्याङ्क सार्वजनिक गरेको छ । कोरोनाका हिसाबले सबैभन्दा बढी युरोप र अमेरिकामा  प्रभावित बनेका छन् ।