तपाईंको आज (राशिफल)

  • जेठ १०, २०७७
  • ब्लाष्ट खबर

मेषः आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

वृषः अतिथिको रूपमा सत्कार पाइएला । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । सुखद् मिलनको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुनः मन खिन्न हुने स्थिति आउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ ।

कर्कटः आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ ।

सिंहः पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ ।

कन्याः आज घरपरिवारसंग समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौकापनि मिल्नेछ ।

तुलाः आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

बृश्चिकः आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको समझना आउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

धनुः आज आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मकरः आज मनपर्ने खनेकुरा पाईनेछ । बढी मिहनेतले बढी फाईदा मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । साँझम भने खर्च बढ्नेछ ।

कुम्भः महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । उपहार पाइने सम्भावनाछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मीनः धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

स्राेतः ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्राे पात्राे

उपमहानगरमा रहेको सबै ...

धरान / धरान उपमहानगरपालिकामा भएको सबै खाले बेरुजु ...

पेस्तोलसहित विप्लवका ...

विराटनगर / नेकपा विप्लव समुहका पूर्वी कमाण्डरको सैन्य ई ...

भारतीय हस्तक्षेपका क ...

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्त ...

सातौं नगरसभामा ६ वटा ...

धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभामा ६ वटा विषयग ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved