धरान । बंगालको खाडीबाट सुरु भएको अम्फान आँधीका कारण भारत तथा बंगलादेशमा जनधन दुवैको क्षति पु¥याएको छ । साथै नेपालको पूर्वी क्षेत्रमा यसको प्रभाव देखिएको छ ।

आँधीको प्रभाव धरानमा सम्म देखिएको छ । धरानमा तीन दिनदेखि सामान्य वर्षा र हुस्सु आइरहेको छ । आज यसको प्रभाव थप देखिएको छ । भारत र बंगलादेशमा भने करोडौंको क्षति पु¥याएको छ । बंगलादेशमा १२ जनाको ज्यान गएको छ भने ५५ हजार ६६७ वटा घरमा पूर्ण क्षति पु¥याएको छ भने आंशिक रूपमा १ लाख ६२ हजारमा घरधुरीलाई क्षति पु¥याएको बंगलादेशको मिडिया द डेलीस्टार डट नेटले जनाएको छ । 

डेल्लीस्टारका अनुसार १ लाख ४९ हजार हेक्टरमा लगाएको बाली पूर्णरूपमा नष्ट गरेको छ । त्यस्तै २ सय जति पुलपुलेसाहरू भत्काएको छ । विपद् व्यवस्थापन मन्त्रालयको सूचनालाई आधार मान्दै प्रकाशित समाचारमा ११ सय करोड जनधन क्षति भएको अनुमान गरिएको छ । 

 

 

त्यस्तै भारतमा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ । हिन्दुस्तान टाइम्सका अनुसार बुधबारसम्म ४.५ मिलियन नागरिकमा क्षति पु¥याएको छ । ओडिसा राज्यमा मात्रै १५ सय घरधुरी पूर्णरूपमा क्षति पु¥याएको छ । यो राज्यमा करिब २ लाख मानिस घरबारविहीन बनेका छन् । कोरोनाको प्रभाव एकातिर भइरहेको समयमा अर्कोतिर आँधीले नागरिकलाई पूर्णरूपमा प्रभावित बनाएको छ । विशेष गरेर पश्चिम बंगाल क्षेत्रमा आँधीले प्रभावित बनाएको छ ।