धरान । धनकुटामा थप ५ जना कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
यसअघि एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनलाई कोशी अस्पतालस्थित कोभिड १९ अस्पतालमा पु¥याइएको छ । धनकुटामा पछिल्लो तीन दिनभित्रमा ६ जना कोरोना संक्रमित पुगेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये एक महिलासहित चार पुरूष रहेका छन् । महिला ३४ वर्षकी छन् भने पुरुषहरू २८, २९, ३५ र ३७ वर्षका छन् । कोरोना पुष्टि भएका सबै धनकुटा जिल्ला अस्पतालमा कार्यरत हुन् ।
जसमध्ये तीन जना स्वास्थ्यकर्मी छन् भने एक जना स्वास्थ्यकर्मीको परिवार र एक जना सुरक्षाकर्मी रहेका छन् ।