एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन् ।
अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानवीन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो ।
डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देहहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोनाभाइरस (कोभिड–१९) बाट सिर्जित सङ्कटबारे अन्तर्राष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्याङ्कन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।
जसमा डब्लुएचओले कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानवीन र उनीहरूको सीमासमेत रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो । उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका थिए ।
कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेेेेका छन।