धरान । इटहरी वडा नम्वर २ का एक जना युवकमा कोरोना संक्रमण देखिएपछि वडा नम्वर दुई र सँगै जोडिएको वडा नम्वर ३ शिल गर्ने निर्णय गरिएको छ ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले दुई वटा वडा जेठ ११ गतेसम्मका लागि शिल गर्ने निर्णय गरेको हो । वडा शिल गरेर संक्रमित युवक,युवकको परिवार र उहाँहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको छ ।
वैठकले इटहरी उपमहानगरभित्रका औषधी पसल वाहेकका सवै पसल र आवत जावत वन्द गर्ने निर्णय गरेको छ । घरैमा वसेर लकडाउनको पूर्ण पालना गरि कोरोना नियन्त्रणको अभियानमा सहयोग पुरयाउन नगरवासीमा उपमहानगरले आग्रह गरेको छ । यसैबिच ती युवकले इटहरीको एक क्लिनिकमा पनि उपचार गराएको पाइएकाले नौ जना स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको छ ।