पथरी । मोरङको पथरीशनिश्चरे–२ को रेड स्टार इङ्लिस बोर्डिङ स्कुलले अनलाइन चित्रकला प्रतिगोगिता सम्पन्न गरेको छ ।

स्कुलले सिनियर ८, ९ र १० र जुनियर ५, ६ र ७ कक्षा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराएको थियो । सिनियरतर्फ कक्षा ९ बाट प्रथम कृतिका भट्टराई, द्वितीय सुमिना शेर्मा र तृतीय आविश्कार तिम्सिना भएका छन् । त्यसै गरी जुनियरतर्फ कक्षा ६ बाट क्रिस भट्टराई, कक्षा ७ बाट द्वितीय जनकराज भण्डारी र तृतीय प्रिया मगर भएका छन् । विद्यालयले केही दिनअघि विद्यालयको फेसबुक पेजमार्फत गरिएको सूचनाको आधारमा अनलाइनको माध्यमबाट प्रतियोगिता सम्पन्न गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण लकडाउन अवधिभर विद्यालयले आधिकारिक फेसबुक पेजबाट निरन्तर रूपमा विभिन्न प्रकारका अनलाइन शैक्षिक गतिविधि तथा अतिरिक्त क्रियाकलापहरू गर्दै आएको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने साथै हौसला प्रदान गर्ने उद्देश्यले विभिन्न प्रकारको अनलाइन शैक्षिक गतिविधि गर्दै आएको विद्यालयको प्रिन्सिपल टिएन तिम्सिनाले बताए ।

त्यसै गरी कक्षा ११ र १२ को लेखाशास्त्र, अर्थशास्त्र र कम्प्युटर विज्ञानका अनलाइन कक्षाहरू लकडाउन सुरु भए लगत्तै विद्यालयले निरन्तर रूपमा सञ्चालन गरिरहेको प्रिन्सिपल तिम्सिनाले बताए । विद्यालयले कक्षा १ देखि १० सम्मको विद्यार्थीहरूको लागि अनलाइन गायन प्रतियोगिता जेठ ९ गते देखि गर्ने भएको छ ।

Drawing Compitistions -1