भद्रपुर । झापाको दक्षिणी नेपाल– भारतको सीमा क्षेत्रमा दुइपटक हवाइ फायरको मुख्य जड अन्नबाली बनेको छ । वर्षौ यता देखि भारतका नागरिकले नेपाल तर्फको सीमा नजिकै जमिनमा समयअनुसारको अन्नबाली लगाउदै आइरहेका छन् ।

सीमा नाका सहज हुदाँ अन्नबाली कै कारण कुनै पनि अप्रिय घटना हुने गरेको थिएन तर, केही महिना यतादेखि कोभिड १९ को सङ्क्रमण रोकथामका लागि दुवै देशले लगडाउन जारी राख्दै आएका छन् । भारतबाट नेपालमा सङ्क्रमण भयावह हुने सम्भावनालाइ मध्यनजर गरी झापाको १४४ किलोमिटर सिमा नाकामा सशस्त्र र नेपाल प्रहरीले अस्थायी पोष्ट राखेर सुरक्षा दिदै आइरहेका छन् । नेपाल तर्फका सुरक्षाकर्मीले रोक्ने र भारतका नागरिक नेपाल छिर्ने परिस्थिीले गोली चलाउनुपर्ने अवस्था सिर्जना गरेको छ ।

1 5

यसको मुख्य कारण अन्नबाली परेको सशस्त्र प्रहरी बल गण नम्बर २ का एसपी रेशम कुमार थक्सूको दाबी छ । भारतका नागरिक अहिले पाक्दै गरेको मकैबाली उठाउन नेपाल तर्फ आउने र सीमामा सुरक्षा दिदै अएका प्रहरीले प्रवेशमा रोक लगाएपछि विवाद बढ्दै गइरहेको उनको भनाइ छ । अन्नबालीमात्र नभइ आपसी भाइचारा,नर नाता समेत वारीपारीसँग गासिएकोले पनि समस्या भएको जिल्ला प्रहरीका एसपी कृष्णप्रसाद कोइराला बताउँछन् । सदियौ देखी चल्दै आएको वारपार लगडाउनका कारण बन्द भएपछि आवत जावतमा खटपटि भएको उनको निश्कर्ष छ ।

2 3

केही दिनअघि झापा गाउँपालिका ४ स्थित सुकुमबासी बस्ती को १३१ नम्बर सीमा पिलर क्षेत्रबाट एकसयभन्दा बढी भारतीयहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले दुइ राउण्ड हवाई फायर गरेको थियो । घटनाको भोलि पल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्विकार्दै माफी मागेका थिए । त्यसैगरी शनिबार राति पुनःझापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले बाध्यतावस हवाई फायर गर्न पुग्यो ।

4 1

नेपाल प्रवेश गर्न खोजेका करिब डेढ सय जना भारतीयलाई रोक्न सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो ।
नेपाल–भारत सीमानाको पिलर नम्बर १२५/१० मा घरेलु हतियार सहित भाला, लाठी लिएर पोष्टमा आक्रमण गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाइ फायर गरेको थियो । सिमा क्षेत्रमा लगाएको मकै लिन आउने क्रममा सहमति विपरित आएकोले घटना भएको सुरक्षाकर्मीले निश्कर्ष निकालेका थिए ।

घट्नापछि आइतबार दुवै तर्फका जनप्रतिनिधि,स्थानीय प्रहरी तथा प्रशासनबिच आपसी सहमति भएको एसपी कोइरालाको भनाइ छ । सीमानाकमा अस्थायी पोष्ट तथा स्थायी चौकीबाहेक साइकल गस्ती र उच्च स्थानबाट दुरविनको सहायताबाट मानिसको निगरानी जारी राखिएको दुवै तर्फका प्रहरीले जनाएका छन् ।

3 2