ब्लाष्टखबर ।  विश्वभरि ४१ लाख भन्दा बढि मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएकाे छ। जसमा १४ लाख ४६ हजार बढि काेराेना  संक्रमित निकाे भएर घर फर्केका छन् भने, २ लाख ८० हजार भन्दा धेरैले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेकाे छन् ।

हाल विश्वमा २३ लाख ९० हजारकाे हाराहारीमा काेराेना संक्रमितहरूकाे उपचार भइरहेकाे छ । उपचाररत संक्रमीतहरू मध्याे ४७ हजार भन्दा बढिकाे अवस्था गम्भिर रहेकाे कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित तथ्याङ्क सङ्कलन तथा प्रकाशन गर्दै आएको वल्ड मिटरले जनाएकाे छ ।

यस भाइरसले अमेरिका सबैभन्दा बढी प्रभावित बनेकाे छ । अमेरिकामा मात्र विश्वभरि भएको मृत्युमध्ये एकतिहाइकाे मृत्यु भएकाे छ । संक्रमितकाे संख्या पनि ३० प्रतिसतकाे हाराहारीमा रहेकाे छ ।

भारतमा काेराेना संक्रमितकाे संख्या ६३ हजार नजिक पुगेकाे छ । काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार १ सय नाघेकाे छ । अहिल सम्म भारतमा १९ हजार ३ सय बढि संक्रमित निकाे भएर घर फर्केका छन् ।