धरान । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको नियन्त्रणमा चालेको कदमप्रति कडा आलोचना गरेका छन् ।

महामारी नियन्त्रणका लागि गरेको प्रयास अपर्याप्त भएको भन्दै पूर्वराष्ट्रपति ओबामाले डोनाल्ड ट्रम्पको तीव्र आलोचना गरेका हुन् । विश्वभर देखिएको कोरोना संक्रमणको दरका आधारमा अमेरिकामा मात्रै एक तिहाई संक्रमित रहेका छन् । ओबामाले एक निजी कन्फ्रेन्समा उनले ट्रम्पका प्रयासहरू महामारी नियन्त्रणन्मुख नरहेको भन्दै कडा आलोचना गरेका छन् ।

उनले निजी कन्फ्रेन्स राख्नुको तात्पर्य आउँदो नोभम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावका लागि रहेको छ । उनले अबको चुनावका लागि उनले बाइडेनको पक्षमा आफ्नो समर्थन रहेको घोषणा गरेका छन् । बाइडेन उनको कार्यकालमा उपराष्ट्रपति रहेका थिए । कोरोनाको भयानक स्थिति हुँदा पनि सरकारले गतिलो रणनीतिका साथ काम नगरेको प्रतिक्रिया दिए ।

अमेरिकामा मात्रै कोरोनाका कारण १३ लाख ९ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ भने ७८ हजार ७ सय बढीको ज्यान गएको छ ।