धरान । भारत मध्यप्रदेशको हैदरबादबाट आँप लिएर उत्तर प्रदेशका लागि हिँडेको एउटा ट्रक मध्यप्रदेशको नरसिंहपुर पाठा गाउँमा पल्टिँदा ५ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा मजदुरहरु ट्रकमा चढेर गाउँतर्फ आउँदै गरेको समयमा शनिबार राति घटना भएको हो । ट्रकमा चालक र सहचालकसहित १८ जना सवार रहेको भारतीय प्रहरीले जनाएको छ । हैदरबादबाट उत्तरप्रदेश हिँडेको ट्रक पल्टिँदा थप ११ जना घाइते बनेका छन् । नरसिंहपुरका जिल्ला अधिकारी दीपक सक्सेनाका अनुसार उनीहरू यूपीको आगारा जाँदै गरेका थिए ।

११ घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । डाक्टर अनिता अग्रवालका अनुसार गम्भीर दुई घाइतेलाई जबलपुरको एक अस्पतालमा रेफर गरिएको छ । दुईमध्ये एकको टाउँको र अर्काको फ्याक्चर भएको छ ।