धरानमा रहेर विशेषगरी समाजमा पिछाडिएको, विपन्न वर्गको आवाजको प्रतिनिधित्व गर्दैं उनीहरूकाे जीवन शैलीलाई गीतको रूप दिदै  हजार बढि गीत लेखी सकेका रमेशचक्र खड्का आफूलाई सामाजिक अभियानताका रूपमा पनि परिचित गराउन चाहन्छन् ।

उनले, समाजमा साना मानिएको कामको सम्मान स्वरूप धरानका विभिन्न चोकमा कपाल काट्ने देखि लिएर कुलतमा फसेकाहरूलाई आवश्यक परामर्श मात्र दिएनन्, उनले लागु औषधको कारोवारीहरूलाई कठघरामा उभियाउने समेत काम गरेका छन् । सुनाै ब्लाष्टखबरले उनीसँग गरेको कुराकानी   ।