ब्लाष्टखबर । भारतमा पछिल्लाे २४ घण्टमा ३ हजार ३२० नयाँ काेराेना संक्रमित फेला परेका छन् । भारतकाे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतिय संञ्चार माध्यमलाई दिएकाे जानकारी अनुसार   २४ घण्टा भित्रै ९५ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

यस संगै भारतमा काेराेना संक्रमीतकाे संख्या ५९ हजार ६६२ पुगेकाे छ जसमध्याे ३९ हजार ८३४ काे उपचार भइरहकाे छ भने, १ हनार ९८० काेराेना संक्रमितकाे मृत्यु भइसकेकाे छ । १७ हजार ८४७ जना निकाे भएर घर फर्केका छन् । 

 भारतमा काेराेना संक्रमणले ग्रसित मानिएकाे महाराष्ट्रमा ७१४ प्रहरीमा पनि काेराेना संक्रमण भेटिएकाे महाराष्ट्र प्रहरीले जनाएकाे छ । जसमा ६४८ काेराेना संक्रमित प्रहरी उपचाररत रहेकाे छन् भने ६१ जना निकाे भएर घर पर्केका छन् । संक्रमीत प्रहरीहरू मध्याे ५ जनाकाे मृत्यु भएकाे भारतीय संञ्चार माध्यमले जनाएकाे छ । 

भरातमा लकडाउनकाे समय अवधि भरी १४९ पटक प्रहरीमाथी  हमला भएकाे समचार छ । जसमा ६८९ जना लाइ पक्राउ गरिएकाे भारतीय संञ्चार माध्यमले जनाएकाे छ ।