ब्लाष्टखबर । भारतमा काेराेना भाइरस संक्रमित बिरामीहरुको संख्यामा लगातार बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ९० जनामा कोरोना भाइरस संक्रमण देखीएकाे छ । त्यतै १०३ जना काेराेना संक्रमीतकाे मुत्यु भएकाे छ । यस संगै भारतमा काेराेना संक्रमितहरूकाे कुल संख्या ५६ हजार ४०९ पुगेकाे छ ।

जस मध्याे १ हजार ८९० काेराना संक्रमितकाे मृत्यु भइसकेकाे छ भने, १६ हजार ७९० काेराेना संक्रमित निकाे भएका छन्, हाल भारतमा ३७ हजार ७ सय २९ संक्रमीतकाे उपचार भइरहेकाे छ ।  

 त्यस्तै, आज आन्ध्र प्रदेशमा ५४, कर्नाटकमा ४५ र राजस्थानमा २६ जना काेराेना संक्रमित फेला परेकाे भारतिय संञ्चारमाध्यमले जनाएकाे छ ।

आज नेपालसंग सिमा जाेडिएकाे बिहार राज्यमा ६ संक्रमित फेला परेका छ । याे संगै बिहारमा संक्रमितकाे संख्या ५५६ जना पुगेकाे छ । स्वास्थ्य विभागका प्रमुख सचिव संजय कुमारका अनुसार रोसाडामा चार र समस्तीपुर जिल्लाको हसनपुरमा दुई जनामा ​​कोरोना भाइरस संक्रमणको पुष्टि भएको हाे।

बिहारका ३८ जिल्लाहरूमा ३३ जिल्लामा काेराेना संक्रमित फेला परेका छन् ।