ब्लाष्टखबर । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका चिनियाँ  नागरिककाे अमेरिका स्थित आफ्नै घरमा हत्या भएकाे छ ।

कोरोना भाइरस विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका बताइएका ३७ वर्षीय चिनियाँ प्राध्यापक बिङ लीको  टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली हत्या भएकाे छ ।  शनिबार अमेरिका स्थित आफ्नै घरमा ली मृत्त अवस्थामा  भेटिएका थिए । 

त्यहाँका प्रहरीका अनुसार उनका मिल्ने साथी ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गोली हानी हत्या गरेका हुन् । लीको हत्या गरेका भनिएका हाउ गुले पनि लिकाे घर नजिकै कारमा मृत भेटिएका छन् । हाउ गुले बिङको हत्या गरेर फर्किँएर कारमा आत्महत्या गरेका प्रहरीले जनाएका छ ।

काेराेना भाइरसकाे विषयलाइ लिएर अमेरीका र भिन विच टिका टिप्पणी भइरहदाँ चिनियाँ प्राध्यापक जाे कोरोना भाइरसको विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका मानिएका थिए  उनकाे अमेरिकामा भएकाे हत्याका विषयमा सामाजिक सञ्जालमा यस विषयमा विभिन्न अफवाह फैलिएका छन् ।

बिङ लीको जनाजान अमेरिकामा हत्या गरिएको समाचार फैलिएका छन् । चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको कारण उनको हत्या गरिएको बताएका छन् । यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए ।

साथै धेरैले अमेरिकामा चिनियाँ नागरिकको सुरक्षाको विषयमा प्रश्न उठाएका छन् भने केहीले यो विषय निकै रहस्यमयी भएको बताएका छन् । जाँचकर्ताहरुले भने अहिलेसम्म बिङ लीको हत्याको सम्बन्ध कोभिड–१९ को अध्ययनसँग जोडिएको कुनै प्रमाण फेला नपरेको बताएका छन् ।

स्रोत : अनलाइन