धरान । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ । हालसम्म १ हजार ७८४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ हजार ५३५ रहेको छ । कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार अहिलेसम्म १५ हजार ९२४ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३५ हजार ६९३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९० जनाको मृत्यु भइसकेको छ भने ३ हजार १३० जना नयाँ संक्रमित भेटिएका छन् । महाराष्ट्रमा मात्रै १ हजार २३३ जना नयाँ संक्रमित भेटिएका छन् ।
महाराष्ट्रमा हालसम्म १६ हजार ७५८ जना संक्रमित भेटिएका छन् । यो अन्य राज्यको तुलनामा सबैभन्दा बढी हो । हालसम्म ६५१ ज्नाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा १ हजार २३३ जना नयाँ संक्रमित भेटिँदा ३४ जनाको मृत्यु पनि भइसकेको छ । महाराष्ट्रको मुम्बईमा मात्रै ८ हजार ८४५ जना कोरोना संक्रमित भेटिएका छन् । मृत्यु हुनेमा ३८७ जना छन् ।
महाराष्ट्रपछि सबैभन्दा बढी गुजराज, एमपी र राजस्थानमा छन् । हालसम्म यी राज्यमा ६ हजार ६२५ कोरोना संक्रमित भइसकेका छन् । ३८० नयाँ संक्रमित भेटिएका छन् । एक दिनमा २८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने हालसम्म ३९६ जनाको मृत्यु भइसकेको छ ।
तामिलनाडुमा पनि कोरोनाबाट संक्रमण हुनेको संख्या बढिरहेको छ । बुधबार मात्रै ७७१ जना नयाँ संक्रमित भेटिएका छन् भने हालसम्म ४ हजार ८२९ जना पुगिसकेका छन् । ३५ जनाको ज्यान गइसकेको छ । त्यस्तै पश्चिम बंगालमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । बुधबार मात्रै ११२ जना नयाँ संक्रमितच भेटिएका छन् भने १४४ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै नेपालको सीमा क्षेत्रमा पर्ने बिहार राज्यको झारखण्डमा मात्रै १२७, छत्तिसगढमा ५९, उत्तराखण्डमा ६१ जना संक्रमित भएको पुष्टि भएको छ ।