धनकुटा  /  धनकुटा नगरपालिका वडा नं.९ बेलहराका एक २४ वर्षीय युवाले प्रवासमा रहेको श्रीमतीले कमाएको पैसा नपठाएको झोक्मा आफ्नै घरको कोठामा मंगलवार आत्महत्या गरेका छन् ।

प्रवासमा रहेकी कृष्ण विश्वकर्माका श्रीमती सुस्मिता बिकले पैसा पठाई दिने भन्ने जानकारी आइरहँदा ४ दिन यता मोवाइल नै नलागेपछि उनले आत्महत्या गरेको खुलेको छ । उनले मंगलवार दिउँसो ३ वजे धनपा–९ बेलहरामा आफ्नै कोठमा आफु सुत्ने खटियामा ओछ्याउने तन्नाले घरको दलिनमा कसेर घाँटीमा पासो हालेर आत्महत्या गरेका थिए ।

मृतक कृष्णका भाई गिरीजा विश्वकर्माका अनुसार दाजु र उनी मंगलवार विहानसँगै खाना खाएर आफु दाउरा खोज्न जंगल गएको वताए । उनले भाउजु विदेशमा रहेको र दाजुभाउजु विच पैसाको विषयमा फोनमा कुरा हुने गरेको बताए । तर ४ दिन यता फोन सम्पर्क नभए पछि दाजुले खटपट गर्दै आएका थिए, आत्महत्या गरे छन ।’–उनले भने । खाट माथि कुर्सी राखेर तन्नाको पासो वनाएर दाजुले आत्महत्या गरेको गिरिजाले बताए ।

मृतक विका एक छोरा, एक छोरी मोरङको विराटचोक ससुरालीमा रहेकाछन् । छ । मृतक विकको आन्द्रामा घाउ रहेको र चाँडै उपचार गर्नु पर्ने थियो । तर श्रीमतीले विदेशबाट पैसा पठाए पछि उपचार गराउने आशा मरेपछि आत्महत्या गरेको होकी भन्ने स्थानियले आशंका गरेका छन् । घट्नाको विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक विकको वुधवार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।