ब्लाष्टखबर ।  धरान उपमहानगरकाे बजेकाे तथा याेजनाहरूमा लकडाउन लम्बिनाले दुरगामी असर पार्न सक्ने नगर प्रमुख तिलक राईले बताएका छन्  ।

उनले करिव डेढ महिना हुनलागेका लकडाउनका कारण चालु आर्थिक बर्षमा नगरकाे आन्तरिक आम्दानी देखी लिएर संघिय तथा प्रदेश सरकारले दिने सहयाेग पनि ५० प्रतिसत मात्र  आउने नगर प्रमुख राईले बताएका छन् ।

उनले भने 'हामीले जुन आन्तरिक आम्दानीहरू केन्द्र सरकार प्रदेश सरकारबाट आउने सहयाेग हेर्दा पनि ५० प्रतिसत भन्दा कम मात्र आएकाे देखिन्छ । यस हिसाबले वडा कार्यलयहरूमा गएका याेजनाहरू र धरान उपमहनगरपालिकाले गरेकाे नगर स्तरीय याेजनाहरू ५० प्रतिसत काट्नु पर्ने जस्ताे स्थिति देखिन्छ ।'

उनले धरान उपमहनगरपालिकाले तयार गरेकाे तर काम सुरू हुन नसकेका नगर गाैरवका याेजनाहरू पूर्ण रूपमा कटैती गर्नुपर्ने स्थिती रहकाे बताएका छन् । त्यती मात्र नभएरमेयर राईले  अहिले २० देखि २५ प्रतिसत दाताहरूबाट राहत सहयाेग पाएपनि ७५ देखी ८० प्रतिसत उपमहानगरकाे बजेटबाटै  वितरण गर्नुपर्ने स्थिती रहकाे बताएका छन् । राहतका लागी भौतिक पुर्वाधार विकासको बजेट कटौती बजेट छुट्याउनु पर्ने स्थिती रहेकाेले पनि ५० देखी ६० प्रतिसत सम्म याेजनहरू कटैति गर्नुपर्ने स्थिति रहेकाे बताएका छन् ।