ब्लाष्टखबर । कक्षा १२ मा अध्यानरत  धरान ११ का सुदिप राईले झुण्डिएर आत्महत्या गरेका छन् ।

खाेटाङ घर भइ पढ्नकालागी धरान ११ सुनौलो मार्गमा रहकाे  फुपुको घरमा  बस्दै आएका १८ बर्षीय सुदिप राईले झुण्डिएर आत्महत्या गरेका हुन् । फुपु दाउरा लिन गएका बेला अाज बिहान करिब ९ :३० बजे कोठाभित्र पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका ११ नम्बर वडा सदस्य किरण राइले बताएका छन् ।

वडा सदस्य  राईले भने ' फुपु दाउरा लिन भएकाे बेला करिब ९ :३० बजे तिर अात्महत्या गरेकाे रहेछ । घटना स्थलमा हेर्दा मृतककाे कानमा इयरफाेन लगाइ रहकाे थियाे, ठाउँ हाेचाे रहेछ, काेठा भित्र बाट बन्द थियाे । '

वडा सदस्य  राईले मृतक सुदिप कक्षा १२ मा अध्यानरत रहेकाे बताएका छन्

घटना स्थलमा इलाका प्रहरी कार्यालय धरानबाट पुगेकाे  प्रहरी टोलीले  शवकाे मुचुल्का उठाएर पाेष्टमार्टमकाे लागी विपि काेइराला स्वासथ विज्ञान प्रतिष्ठान लगिएकाे  वडा सदस्य  राईले बताएका छन् ।

काेठा भित्र झुण्डिएर अवस्थामा शव फेलापरेकाेले अात्महत्या भन्ने भएपनि अनुसन्धान पछि खुल्ने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन्  ।