सिरहा / सिरहाको नरहा गाउँपालिकाका अध्यक्ष राम शरण यादबले देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।
ती मजदुर परिवारको समस्यालाई मध्यनजर गरी नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादबको अगुवामा नरहा गाउँपालिकाका वडा नंं १ देखि ५ सम्ममा खाद्यान्न सामग्री वितरण बितरणगरिएको हो ।

राहतमा प्रति परिवारलाई २५ किलो चामल, २ किलो दाल, ५ किलो आलु, १ लिटर खाने तेल, १ किलो नुन वितरण गरेको नरहा गाउँपालिकाका प्रशासकिय अधिकृत सुमित्रा लामाले जानकारी दिइन । प्रशासकिय अधिकृत लामाको अनुसार नरहा गाउँपालिकाका वडा नंं १ देखि ५ सम्ममा जम्मा २ हजार ७ सय बिपन्न परिवारको नामाबलि छनौट भएको समेत बताइन ।