धरान / नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अर्का शीर्ष नेता पक्राउ परेका छन् । पार्टीका पोलिटब्युरो सदस्य तथा पार्टीका प्रकाशन विभाग प्रमुखसमेत समेत रहेका अनिल शर्मा विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको बताए पनि नाम भने बाहिर सार्वजनिक गरेका छैनन् ।