धनकुटा / धनकुटा नगरपालिका वडा नं.१ हिलेस्थित् तितुङ टोलमा पानीको ड्रममा डुबेर एक १८ महिने बालिकाको आइतबार मृत्यु भएको छ ।
पानीको ड्रममा डुबेर वैदेशिक रोजागारीमा रहेका राजिव तितुङ तामाङका १८ महिनाकी छोरी सृजना तितुङ तामाङको घट्ना स्थल मै मृत्यु भएको हो । घट्ना भएको वखत घरमा ७४ वर्षिय ससुरा गाणेश तितुङ तामाङ र नातिनी सृजना मात्र रहेका थिए । बालिकाको आमा भने राजिवले विदेशबाट पठाएको पैसा लिन हिले वजार गएको नाताले राजीवका दाजु एवं वडा नं.१ हिलेका वडाध्यक्ष निरेन तामाङले बताए ।
उनका अनुसार बालिकाको आमा र्आतवार विहान ९–१० वजेको समयमा विदेशबाट पठाएको पैसा झिक्न हिले वजार गएका थिए । वृद्ध बा काममा व्यस्त भएको बेला बालिका पानीको ड्रममा डुवेर मृत्यु भएको अध्यक्ष तामाङले बताए । नातिनी हराए पछि वृद्ध बाले खोजी गर्दा नभेटाए पछि छिमेकीलाई हार गुहार गर्दा खोज्ने क्रममा बालिका मृत अवस्थामा ड्रम भित्र भेटिएकाी थिइन ।
सो घट्नको विषयमा प्रहरीलाई जानकारी नै नदिई दाहासंस्कार गर्न लागेको प्रहरीले थाहा पाएपछि खाल्डा खनेर पुर्न लागेको बालिकाको लास प्रहरीले दहासंस्कार स्थलबाट उठाएर धनकुटा ल्याएको थियो । सो घट्नाको विषयमा प्रहरीलाई जानकारी नदिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शनप्रसाद कोइरालाको निर्देशनमा इस्स्पेक्टरको कमाण्डमा गएको प्रहरी टोलीले १८ महिने बालिकाको सब उठाएर ल्याएको थियो । बालिकाको सोमवार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरेर आफन्तले पुनः धनपा–१ हिले स्थित् लालेभिरको वौद्ध दहासंस्कार स्थल मानेडाँडामा लगेर अन्त्येष्ठी गरिएको छ ।