धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.६ नाम्जेका ७० वर्षिय एक वृद्धले आफ्नै घरमा आईतबार साँझ झुण्डिएर आत्महत्या गरेका छन् ।
साँझ छिमेकीको घरबाट मासु लिएर घर आएका नाम्जेका प्रसादसिंह थापा मगरले आफु सुत्ने कोठामा प्लाष्टिकको डोरीको साहयताले घाँटीमा पासो लगाएर दलिनमा झुण्डिएर आत्महत्या गरेको स्थानियले बताएका छन् । उनले साँझ ७.३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बृद्ध प्रसादसिंहका दुई भाई छोरा बैदेशिक रोजगारीमा रहेको र उनी श्रीमतीसंग घरैमा बस्दै आएका थिए । आईतबार साँझ जेठी बुहारीकोमा खाना बनाएकोले प्रसाद सिंहका श्रीमती जेठी बुहारीकोमा गएको वेला कोठामा आत्महत्या गरेका थिए ।
प्रसादसिंहले आफु सुत्ने खटिया माथि काठको कुर्सी माथि चडेर दलिनमा डोरी कसेर आत्महत्या गरेका थिए । उनका नाती युसल थापा मगरले बाजेलाई खाना लिएर आउँदा झुण्डिएको देखेको बताए ।
मगरको सोमबार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तले सनाखत गरेका छन् । बृद्धले आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घट्नाको विषयमा आवश्याक अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
तस्विर नं.१ र २ थापाको मृत शरिर पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटामा रहेको सवगृहमा लादै उनका आफन्तहरु ।