धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत डिएसपी विनोद शर्मा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको उत्कृष्ट पुलिस घोषणा गर्दै चैत महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित गरेको हो । प्रहरीको ऐन, र कानूनमा रहेर काम गरेको भन्दै उनलाई उत्कृष्ट पुलिस घोषणा गरिएको थियो । तत्कालीन एसपी यज्ञविनोद पोखरेलले उत्कृष्ट प्रहरी घोषित गरेका थिए । जिल्लाको शान्तिसुरक्षा र अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि अहम् भूमिका खेलेको बताइएको छ ।