धरान । राष्ट्रिय वन क्षेत्रमा चोरीशिकार गर्दै गरेको बेलामा दुई थान भरुवा बन्दुकसहित पक्राउ परेका धरान–१५ का निमा तामाङको अभियोग पत्र दायर गरिएको छ ।

अवैध हातहतियार मुद्दामा जिल्ला अदालतले केही समयअघि ६० हजार रुपैयाँ धरौटीमा छाडे पछि उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार जिल्ला डिभिजन वन कार्यालयले नै मुद्दाको किराना लगाउने छ । परिमार्जित एने २०७५ अनुसार वन्यजन्तुको चोरीशिकार गरेमा २० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद वा दुवै हुने व्यवस्था रहेको रेञ्जर ईश्वरी बाँस्तोलाले जानकारी दिए ।

सोही अनुसार अभियोग पत्र सोमबार दायर गरिँदै छ । ‘आइतबार सरकारी वकिलको कायार्यालयमा अभियोग पत्रका लागि बुझ्ने काम भयो, एक वर्षभन्दा मुनीको मुद्दामा डिभिजन वन आफैँले हेर्न सक्ने व्यवस्था रहेकाले वनबाटै मुद्दाको छिनोफानो हुन्छ’–उनले भने । ५९ वर्षीय निमालाई धरान–१५ मा पर्ने बाँझोगरा सामुदायिक वन क्षेत्रमा पर्ने राष्ट्रिय वन क्षेत्रबाट चैत १५ गते पक्राउ गरिएको थियो ।

दुई थान भरुवासहित पक्राउ परेपछि उनलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय धरानलाई जिम्मा लगाइएको थियो । इप्रका धरानले हातहतियार तथा खरखजना मुद्दामा कारबाही अगाडि बढाएपछि जिल्ला अदालतले ६० हजार रुपैयाँ धरौटीमा छाडेपछि वन्यजन्तु चोरीशिकारमा पुनः सेक्टर वन कार्यालय धरानलाई जिम्मा लगाएको थियो ।

सेक्टर वनले अनुसन्धानपश्चात् आज अभियोग पत्र दायर गरिरहेको हो । ‘फाइल दर्ता भइसकेको छ’ रेञ्जर तथा सम्बन्धित घटनाका अनुसन्धान अधिकृत बाँस्तोलाले भने । जिल्ला वनमा हाल डिएफओ रामबाबु साह छन् ।

याे पनि

https://www.blastkhabar.com/news/2020/04/25/113301.html