ब्लाष्टखबर । काेराेना भाइरस (काेभिड–१९) राेकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घाेषणा गरेकाे आइतबार ४१ दिन भएको छ । लकडाउनका कारण देश भर कै गतिविधिहरू ठप्प भएका बेला धरान उपमहागरपालिकाका राेकिएर रहेका पुराना याेजनाहरूकाे काम भने सुचारू भएकाे छ । लकडाउनका कारण ठप्प बनेकाे संघीय सरकारकाे भाैतिक याेजना तथा पूर्वाधार मन्त्रालय अन्तरगत रहकाे सडक विभागबाट भइरहका पुराना योजनहरू पुन : निर्माण कार्य सुरू भएकाे हाे । सडक विभाग अन्तरगत रहकाे धरानस्थित काेशी राजमार्गकाे बरगाछी भाेटेपुल  क्षेत्रकाे सडक मर्मत कार्य सुरू भएकाे छ ।

जिल्ला प्रसानसँगकाे समन्वयमा सुरू गरिएकाे उक्त सडक खण्डका साथ–साथै धनकुटे रोडको खाल्डाहरू पुर्ने काम समेत सुरू भएको उपमहानगरकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिइन । 

उले भनिन् - 'जब मदन भण्डारी हाइवेको एलाइन्मेन्ट तीनकुने हुदै  तीनकुने नाका हुँदै तल सर्दुखोलासम्म जोडिने निर्णय भयाे, त्याे निर्णय लगत्तै हामीले असाेजमा सडक बोर्ड मार्फत धनकुटे राेडमा रहेकाे खाल्डा खुल्डी पुर्ने भनेका थियाै जुन सुरू भएकाे छ ।' 

उपमेयर भण्डारीले अघिल्लो आर्थिक वर्षमा नै ठेक्का लागेको सडक बोर्ड मार्फतका अन्य ५ वटा सडकहरूको निर्माण तथा मर्मतको कामहरू भइरहेको बताइन ।  भण्डारीले सडक विभाग अन्तरगत रहेका बाहेकका अन्य नगर गाैरवका आयाेजनाहरूकाे पनि टेन्डर प्रक्रियामा रहेकाे बताउदै भोटेपुलदेखि तीनढुवाङ्गेसम्म १४ ।१४ फिटकाे खहरे करिडाेर निर्माण गरिने बताएकी छिन् । उनले भनिन्-  '१६ नं. वडाको विजुली अफिस लाइनको खहरे करिडोर बनाउदैंछाै ।'

काेराेना संक्रमणकाे जाेखिमबाट बच्नका लागि सुरक्षा प्रकृयाहरू अपनाइ स्थानिय निर्माणका कार्यहरू गर्दै जाने भन्ने निर्णय अनुरूप उप निर्वाचन अघिनै ठेक्का प्रकृया भएका निर्माणका कामहरूका साथै नगरका गाैरवका आयाेजनाहरू पनि धमाधम सुरू भैरहकाे भणडारीले बताएकी छिन्  । 

विजयपुर क्षेत्रकाे सडक निर्माण प्रकृयामा रहकाे, जनपथ सडकखण्ड  सहरी बिकास मन्त्रालय अन्तरगत ठेक्का लागु गरिसकेकाे अवस्थामा रहेकाे जनाउदैं धेरै नगर गाैरवका आयाेजनाहरू निर्माण प्रकृयामा रहेकाे बताएकी छिन् ।

उनले यस आर्थिक वर्षमा देशिलाइकाे सडकसडक खण्ड, विजयपुर, भाेजपुरे राेडकाे सडक मर्मत का साथै विष्णुपादुकाकाे पुल निर्माण कार्य सम्पन्न हुने बताएकी छिन्