धरान । सामान लोडअनलोड गर्ने एक मजदुरको काम गर्ने क्रममा मृत्यु भएको छ ।

मोरङ विराटनगर–१ स्थित खाद्यान्न गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका मोरङ कटहरी–१ का ५० वर्षीय शंकर मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । शनिबार मध्यदिनमा उनी बेहोस भएका थिए । बेहोस भएलगत्तै उनलाई उपचारका लागि कोशी अस्पतालमा पु¥याइएको थियो । उपचारको क्रममा निधन भएको मोरङको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुरेशकुमार भरूले सञ्चालनमा ल्याएको खाद्य गोदाममा उनी लोकअनलोडको काम गर्दै आएका थिए । घटनाका विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।