धरान । मोरङ जिल्ला प्रशासनले ‘प्रशासन’ बाट इस्यू भएका पासबाहेक अन्य सवारीलाई नियन्त्रण गर्न निर्देशन गरेको छ ।
जिल्ला प्रशासनबाट अनुमति प्राप्त खाद्यान्न, दूध, औषधि तथा अत्यावश्यक सेवाबाहेक पासबिनै कुदिरहेका सवारीहरूलाई नियन्त्रणमा लिएर कारबाही चलाउन सम्बन्धित प्रहरी प्रशासनलाई निर्देशन दिएको हो । प्रशासनको अनुमतिबिना गुडिरहेका सवारीको हकमा कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
अत्यावश्यक सेवा सञ्चालनमा प्रयोग हुने सवारी साधनका लागि जारी हुने सवारी साधन अनुमति पत्रसम्बन्धी कार्यविधि–२०७६ अनुसार प्राप्त गरेका सवारी साधनलाई मात्रै छुट दिइने भएको प्रशासनले जनाएको छ । लकडाउनको अवधिमा अन्यलाई सवारी सञ्चालन नगरी दिनका लागि पनि आग्रह गरिएको छ ।
लकडाउनको अवज्ञा गरेको पाइएमा त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही चलाउन प्रशासनले शनिबार निर्देशन गरेको हो ।