Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • मजदूर आन्दोलनको सम्झनामा मई दिवस, कोरोनाले प्रभावित

मजदूर आन्दोलनको सम्झनामा मई दिवस, कोरोनाले प्रभावित

alt
  • वैशाख १९, २०७७
  • रासस
 
काठमाडाैं / कोभिड–१९ को कारण १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।
 
औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।
 
नेपाल ट्रेड युनियन काँग्रेसले पनि श्रमिकका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले देशभरका एकाइमार्फत सरकारलाई पत्राचार गरेको जनाएको छ । ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोना भाइरस सङ्क्रमणपछि नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामाना गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए ।
 
मजदूर आन्दोलनको सम्झनामा मई दिवस
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।
 
अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो ।
 
प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।
 
विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।
सम्बन्धित समाचार
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज र प्लानिङ ब्वाइज फाइनलमा भिड्ने

धरान । साविक उपविजेता चर्च ब्वाइज क्लब काठमाडौँ २६ औँ अन्तर्राष्ट्रिय आमन्त ...

बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज काठमाडौँको २–१ को अग्रता

धरान । धरानमा जारी २६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा सावि ...

निर्वाचनको विकल्प छैनः प्रधानमन्त्री कार्की

सोलुखुम्बु। प्रधानमन्त्री सुशीला कार्कीले  हिमाली तथा पहाडी जिल्लाहरूम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज र प्लानिङ ब्वाइज फाइनलमा भिड्ने
बूढासुब्बा गोल्डकपमा चर्च ब्वाइज काठमाडौँको २–१ को अग्रता
निर्वाचनको विकल्प छैनः प्रधानमन्त्री कार्की
बाख्राको मासु बिक्री गर्ने पसलमाथि कारबाही
सुनसरी–१ः ‘विरासत’ जोगाउने लडाइँ कि नयाँ शक्तिको उदय ?
बीपीलाई ३० थान ट्रली
साइबर सुरक्षा सम्बन्धी जनकारी
सट्टेबाजी गर्नेलाई कारबाही गर
आजको राशिफलः २०८२ साल माघ २९ गते बिहीबार
झापा–५ निर्वाचनः पुस्तौँदेखि लालपुर्जाको पर्खाइमा सुकुम्बासी
राजस्व छलीका कपडासहित ट्रक नियन्त्रण
सामसङको टिभीमा नयाँ अफर
उखु किसानको आशा सुक्न नदेऊ
आजको राशिफलः २०८२ साल माघ २७ गते मङ्गलबार
२६ औँ बूढासुब्बा गोल्डकप: पोखराको लालीगुराँस अन्तिम चारमा
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved