इटहरी । सुनसरीको इटहरीमा गत १४ गते एक युवती सामूहिक बलात्कारको शिकार बनेकी छन् ।
इटहरी उपमहानगरपालिका–११ स्थित सिमरबनामा सुन्दरहरैचाकी १७ वर्षीया युवतीलाई ९ जना युवाको समूहले बलात्कार गरेको इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ ।
सिमरबना चोकको एकान्त बगैचामा घारीमा युवाहरूले बलात्कार गरेको भन्दै इप्रका इटहरीमा उजुरी परेको हो । बलात्कार स्थानीय त्रिलोचन चौधरी र अमित चौधरीसहित ९ जनाले आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेकी छन् ।
त्रिलोचन र अमितलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरिसकेको जनाएको छ । बाँकी आरोपितलाई खोजी गरिरहेको इप्रका इटहरीले जनाएको छ ।