धरान । धरान ४ पत्रङबारी सामुदायिक वन परिसरभित्र अवैधानिक रूपमा रुख काट्ने क्रममा बुधबार रुखले किचेर एक युवाको मृत्यु भएपछि रुख काट्ने चार युवालाई पक्राउ गरिएको छ ।
घटना भएको विषयमा बुझ्नका लागि इलाका प्रहरी कार्यालय धरानले सोधपुछका लागि चार युवालाई नियन्त्रणमा लिएको छ । रुख काट्ने क्रममा धरान ४ का २० वर्षीय कुमार राईलाई रुखले टाउँकोमा लाग्दा गम्भीर घाइते बनेका थिए । गम्भीर घाइते बनेका उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे पनि आकस्मिक कक्षमा प्रवेश गराए लगत्तै विराटनगरको न्यूरो हस्पिटलमा लगिएको थियो । कुमारको उपचारको क्रममा बिहीबार बिहानको राति ३ः०० बजे निधन भएपछि धरान प्रहरीले चार युवालाई नियन्त्रणमा लिएको हो ।
घटनाको हाल अनुसन्धान भइरहेकाले आरोपितहरूको नाम सार्वजनिक गरिएको छैन । सामुदायिक वनको सुकेको रुख काटिएको बताइए पनि लाथ्रा रुख नै काटिएको ब्लाष्टसँग प्रमाण रहेको छ । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाका विषयमा के भएको हो भनेर सोधपुछका लागि ल्याएको जानकारी दिए । घटनामा संलग्न ३ जनालाई बुधबार नै ल्याइए पनि थप १ जनालाई बिहीबार ल्याइएको थियो ।