झापा । झापाको दमक नगरपालिका-३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा ४ घर जलरे नष्ट भएका छन् ।
आज बिहान करिव २ बजे शिविरको बि थ्री हट नम्बर २६० मा रहेको टिकाराम चापागाँईको घरबाट अचानक आगलागी भई चापागाँई सहित छिमेकी पदम चापागाँई, रुप नारायाण दुलाल र हर्क बाहदुर सुब्बाको समेत घर जलेर नष्ट भएकाे हाे ।
आगाे प्रहरी, स्थानीयवासी र दमकलकाे सहयोगमा राती करिव डेढ घण्टापछि पुर्ण रुपमा नियन्त्रणमा आएको थियाे ।आगलागीका कारण कुनै मानवीय तथा चौपाया क्षति नभएको भएपनि अन्दाजी १७ लाख ३५ हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।