सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ ६ घरमा आगलागी हुँदाए एक बालक जलेर गम्भीर घाइते बनेका छन् ।

सुरुङ्गा–३ का हरि मण्डलको घरबाट लागेको आगोका कारण ६ वटा घर जलेर नष्ट भएको थियो । त्यसक्रममा बद्रि मण्डलको ३ वर्षीय नाबालक छोरा जलेर घाइते बनेका हुन् । घरमा खेलिरहेका उनको टाउको, दुवै हात र एउटा खुट्टा जलेको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई उपचारका लाििग लहान लगिएको प्रहरीले जनाएको छ । आगलागीका कारण हरि मण्डलको करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । त्यस्तै बद्रिको ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीले सन्तोष सदाको पनि झण्डै ५ लाखभन्दा बढी क्षति भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।