कालाबञ्जार । वराहक्षेत्र–५ कालाबञ्जारको सिद्धार्थ मेमोरियल इङ्लिस स्कुलले वराहक्षेत्रमा क्रियाशील रहेका पत्रकारहरूलाई प्रेस लेखेको ज्याकेट उपलब्ध गराएको छ ।

पत्रकारहरूलाई समाचार संकलनमा सहज होस् भन्ने ध्येयका साथ स्कुलले ज्याकेट उपलब्ध गराएको स्कुलका प्रिन्सिपल एवम् वराहक्षेत्र नगर प्याब्सनका अध्यक्ष कृष्ण तामाङले जानकारी दिए । उनले पत्रकारहरूलाई सुरक्षित रहेर काम गर्नसमेत आग्रह गरेका छन् । हाल स्कुलमा ९ सय विद्यार्थी अध्ययरत छन् ।

पत्रकारहरूलाई १७ वटा ज्याकेट उपलब्ध गराएको हो । स्कुलप्रति स्थानीय पत्रकारहरूले धन्यवाद ज्ञापन गरेका छन् । ग्रामीण पत्रकार संगठनका अध्यक्ष हिरण्य कार्कीले यो संकटको घडीमा पत्रकारहरूलाई ज्याकेट उपलब्ध गराएकोमा धन्यवाद दिए ।

बिहीबार स्कुलका प्रिन्सिपल कृष्ण तामाङ र संस्थापक राजन कार्कीले समूहका अध्यक्ष हिरण्य कार्कीलाई ज्याकेट प्रदान गरेका थिए ।