पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट वच्न जारी बन्दाबन्दी (लकडाउन) ले पोखरा र काठमाडौंमा अलपत्र परेका झापा र मोरङका ३२ जनालाई बसबाट आज आफ्नो जिल्ला पुर्याइएको छ ।

यसक्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईको अगुवाइमा नगरका स्वास्थ्यकर्मीबाट पथरी चोकमा ज्वरो चेकजाँच गरिएपछि मात्र आआफ्नो गन्तव्य प्रवेश गर्न दिइएको छ । यात्रु र बसलाई औषधि छर्केर सेनिटराइज गराइ मास्क समेत वितरण गरिएको थियो । एउटा पोखरा र अर्को काठमाडौंबाट आएको बसमा पथरीशनिश्चरेका १२ जनासहित मोरङ र झापाका मानिसहरु रहेका हुन् ।