धरान  / काठमाडौबाट इटहरी आएर अलपत्र परेका संखुवासभाका १८ जनालाई इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले सहयोग गरेकीछन् । खान नपाएर भोकै परेका उनीहरुलाई उपमेयर गौतमले खानाको व्यवस्था गरेकी छन् ।
उनीहरुलाई खानाको व्यवस्था गरेर आज धनकुटा र संखुवासभाका प्रमुख जिल्लाअधिकारीसँग समन्वय गरेर संखुवासभा पठाइएको उपमेय रगौतमले जानकारी दिइन । उनीहरु आज विहान नै काठमाडौबाट इटहरीमा आएर अलपत्र परेका थिए ।