धरान । बलिउड बिग बी अमिताभ बच्चनले भगवान् हुँदैन भन्ने विचारप्रति कटाक्ष गरेका छन् ।

उनले भगवान् हुने भन्दै कोरोनाभाइरसका बेला अस्पतालहरूमा गएर हेरेमा भगवान् पाइने बताए । उनले चिकित्सक नै भगवान् भएको बताए । ‘कसले भन्छ भगवान् हुँदैन भनेर, अस्पतालमा गएर हेर्नुस् त !’ उनले भने, ‘भगवान्को स्वरूलाई चिन्न सक्नुपर्छ ।’

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले भगवान् हुने तर्क गरेका छन् । उनले खासगरी चिकित्सकहरूलाई भगवान्को संज्ञा दिएका छन् । उनले ट्वीट गरेका छन्, ‘फ्रण्टलाइन वर्कस, डाक्टर एवम् नर्स । सामाजिक योद्धा । नतमस्तक छु म ।’

उनले गणेश आकारको चित्रमा नर्स, डाक्टर, अग्निनियन्त्रक, पुलिस, सफाइ कर्मचारीलाई आभार व्यक्त गरेका छन् । उनको तस्बिरलाई इन्स्टाग्राममा ११ घण्टाको बीचमा २ लाखभन्दा बढीले लाइक गरेका छन् । फेसबुकमा ३३ हजार लाइक गरिएको छ भने १९ सयभन्दा बढी कमेन्ट र सेयर गरिएको छ । ट्वीटरमा भने १६ हजार लाइक्स र १५ सयभन्दा बढी रिट्वीट भएको छ ।

amitav_bachhan