धरान । २६ दिनदेखिको लामो लकडाउने उद्योग, व्यापार व्यावसायहरु ठप्प हुदा ठूलो आर्थकि संकट देखिन शुरु भएको छ । उद्योग व्यवसायमा काम गर्ने मजदुरको रोजिरोटी हराउदा उनीहरु विचल्नी परेका छन् ।

रोजगारी गुमाएर अलपत्र परेकाहरुको पीडामा मलम लगाउन केही हदसम्म स्थानीय सरकार लागेको छ । सरकारको राहत कार्यक्रमले उनीहरुलाई केही राहत भने मिलेको छ ।

एक लाख ३७ हजार भन्दा धेरै जनसंख्या रहको धरानको सबैभन्दा ठूलो सुकुम्बासी बसोबास रहेको धरान ५ देउरालीका मजदुरहरुमा लकडाउनले ऋणको भारी बोकाएका बताउछन् ।

सोउती र अधेरी दुइ खाेलाकाे विचमा रहेको देउरालीका अधिकांशको  पेसा भनेको खोलामा ढुङ्गा गिटटी टिप्ने वा निमार्ण मजदुरको रुपमा काम गर्ने नै हो । लकडाउनका कारण २६ दिन देखी काम गर्न नपाएका मजदुरहरु छटपटिएका छन् ।

धरान ५ तल्लो देउरालीका कुमार माझी भन्छन् ‘ –‘अब थेग्न सकिदैन, मजदुरको घरमा ज्यादामा एक हप्त पुग्ने दाल चामल हुन्छ । बाँकी त उधारो नै हो ।’ उनले आफूले राहत नपाएको पनि गुनासो गरे । तर घर भन्दा बाहिर निस्किए प्रहरीले पिट्लाकी भन्ने डर छ उनलाई ।

माझी  करिब २ दशक देखि देउराली बस्दै आएका छन् । उनि निमार्ण मजदुर हुन् । कुमारका काका करिब ६५ वर्षी ज्ञानबहादु माझी बासँ बेच्ने काम गर्छन ।  ज्ञानबहादु र ३५ वर्षीय छाेरी गरी उनको परिवारमा दुई जना छन् । ज्ञानबहादु भन्छन–‘४ पटक राहत बाडे तर हामीले पाएनन् । काम पनि गर्न जान नपाउने , दोकानमा हाताहाती दिदा त दिन मानी रहेका छैनन् बाकी माग्ने पनि अवस्था छैन । हामी के खाने ?’

ज्ञानबहादुर भन्छन्–‘ राहत बाड्दै गरेको भन्ने सुनेर पुग्दाँ हामीलाई राहत नदिइ फर्कायो तर देउरालीमै ४ पटक सम्म एउटैले राहत पाए ।’

देउरालीमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धरान ५ वडा कमिटी, धरान ५ का वडाध्यक्ष सन्तोस लिम्बुको व्यक्तिगत तर्फबाट, इसाइ समुदाय तथा नगरपालिकाको राहत कोषबाट गरी ४ पटक राहत वितरण भएका छन् ।   तर, माझी परिवार उनको छेउ छाउमा रहेका ३४ मजदुर परिवारले भने अहिलेसम्म राहत पाएका छैन् ।

माझीकै नजिक ६३ वर्षीय भक्तबहादुर विश्वकर्मा रहेका छन् । उनको घरसँगै टासिएका छोरा रामबहादुर विश्वकर्म र सरोज विश्वकर्मको घर रहको छ । उनिहरू पनि राहतकालागी ५ पटक भन्दा वढि वडा कार्यालय पुगेकाे भइपनि अहिल सम्म राहत नपाएकाे दुखेसाे गर्छन् ।

अर्का एक मजदुर भन्छन् ‘अहिले आफ्ना नजिककालाई वा संगठित मजदुरहरूलाई मात्र दिएका छन् ।

IMG_6333

धरान ५ तल्लो देउरालीमा रहेको  सामुदायिक टोल विकास संस्थाका अध्यक्ष स्वर्णीमहाङ फम्बो भन्छन्  ‘हाम्रो खाद्यान्न सकिएको छ । सरकारको निति नियम अनुसार स्थानीय सरकारले राहत वितरणमा केहि कन्चुस्याई गरेको होकी भन्ने हामीलाई लागेको छ ।

पहिलो चरणको राहत वितरणमा वडामा रहेका टोल विकास संस्थाहरसँग समन्यन नै नगरि आफूनीकटका व्याक्तीहरुलाई आफू खुसी टोकन वितरण गरिएको र टोकन पाउनेहरुले आफूअनुकुलकालाई वितरण गरेको फम्बोको भनाई छ ।

पूर्व नगरप्रमुख मानोज कुमार म्यान्याङ्वो, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटा, रेडक्रस सभापति उमेस थापा तथा नगरका प्रतिनिधिसहितको राहत वितरण अनुगमन टाेली सहित वडाध्यक्षले राहतका लागी लगत टोलविकास संस्थाले उठाउने भने पनि लगत उठाइसकेपछि बुझाउने बेलामा फारम र नागरिकताको फोटोकपी चाहिने भने पछि वडा कार्यालय नै पठाउने गरेकाे फम्बाे बताउछन् । 

उनि भन्छन् ' केहि गएपनि राहत दिने भनेर झुक्याएकाे भन्दै धेरै जान मानेन् । वडा कार्यालय जाने अवस्था पनि छैन । '

धरान ५ मा १६ वटा टोल विकास संस्थाहरु छन् । सामुदायिक टोल विकास संस्थाले तल्लाे देउरालीकाे पक्की सडक देखी तल्लाे भेगकाे ५ वटा मार्ग ३ सय भन्दा बढि मजदुर, विपन्न तथा एक महिलाहरुको लगत उठाएको थियो । ५ नम्बर वडाले पहिलो चरणमा ७०० जनालाई राहत वितरण गरेको छ । सामुदायिक टोल विकास संस्थाले लगत उठाएका ५२ परीवारले पहिलो चरणको राहत पाएका छन् । बाँकी अधिकांशले कुनै पनि प्रकारका रहत पाएका छैनन् । 

ज्ञानबहादुर माझी, भक्तबहादुर विश्वकर्मा लाेकतान्त्रीक चाेक देखी तल्लाे भेकका हुन् । लाकतान्त्रीक चाेक देखी सुन्दर बस्तीका सम्मका केहि ले दुइ देखी ३ पटक सम्म राहत पाएपनि दैनिक ज्याला दारी गर्नेले अधिकांशमजदुरहरूले भने पाएका छैनन् ।

IMG_6339