धनकुटा / जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.१ हात्तिखर्कको माक्लुङ घर भएकी वर्ष १८ कि वर्षा तामाङको लास पोष्टमार्टम भएको २४ घण्टा वित्न लाग्दा पनि परिवारले जिम्मा लिएका छैनन् ।
मृतक तामाङकी परिवारले पिडक विरुद्ध दिएको किटानी जाहेरी शुक्रवार प्रहरीले नवुझेपछि वर्षाको लास पोष्टमार्टम भएको २४ घण्टा वित्न लाग्दा पनि जिल्ला अस्पताल धनकुटाको पोष्टमार्टम घरबाट उठ्न नसकेको हो । जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुजन विश्वकर्माले मृतकको लास आफुहरुले शुक्रवार नै पोष्टमार्टम गसिकेको बताए ।
प्रहरीले जाहेरी वुझेर पिडकलाई कानुन् वमोजिम कार्वाहीको प्रक्रिया अघि नवढएसम्म लास जिम्मा नलिने भन्दै पीडित परिवारले अडान लिएका छन् । पीडित परिवारले मृतक वर्षाका प्रेमी धनकुटा १ भिरगाउँ घर भएका वर्ष २४ का प्रदिप तामाङ विरुद्ध कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दिएका थिए । तर प्रहरीले भने कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दिए पनि प्रमाण नपुग्ने भन्दैं आत्महत्या गर्न दुरुत्साहन गरेको प्रति किटानी जाहेरी दिन भने पछि पीडित परिवार अलमल्ल परेका हुन् ।
धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.१ माक्लुङ्ग हात्तिखर्क घर भएकी वर्ष १८ की वर्षा तामाङ धनकुटा वहुमुखी क्याम्पसमा विविएस प्रथम वर्षमा अध्ययनरत थिइन । आफ्नै घर नजिकैको अम्लिसो घारीमा रहेको दुदिलोको रुखमा झुण्डिएको अवस्थामा विहिवार विहान मृत अवस्थामा फेला परेकी थिइन ।