धरान । कोरोनाभाइरसका कारण बंगलादेशमा पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ ।
बंगलादेशको मिडियाका अनुसार हालसम्म ३४ जनाको ज्यान गएको छ । त्यसमध्ये ४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । हालसम्म ६ सय २१ जनामा कोरोनाको संक्रमण भएको बंगलादेशको अधिकारीहरूले जनाएका छन् ।