धरान । कोरोनाभाइरसको उपचारमा खटिएका २२ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले पुष्टि गरेको छ ।
विश्वभर कोरोनाभाइरसको उपचारार्थ खटिएका २२ हजार ७३ जना स्वास्थ्यकर्मीलाई नै कोरोना भएको पुष्टि गरेको हो । उसले ८ अप्रिलसम्म ५२ देशका २२ हजार ७३ जना स्वास्थ्यकर्मीलाई कोरोना भएको पुष्टि भइसकेको छ । डब्लुएचओले अहिले पनि कतिपय देशका स्वास्थ्यकर्मीहरूलाई भएको कोरोनाको संक्रमणको पूर्ण जानकारी हुन सकेको छैन । कोरोनाभाइरसविरुद्ध उपचारमा खटिने स्वास्थ्यकर्मी नै हुने गरेका छन् । त्यसकारण पनि कोरोनाको संक्रमणको डर सबैभन्दा बढी स्वास्थ्यकर्मीमा नै हुने गरेको तथ्य सार्वजनिक गरिएको छ । तर, अहिले पनि डब्लुएचओले सङ्गठित रूपमा स्वास्थ्यकर्मीको रिपोर्ट निकाल्न सकिरहेको छैन ।
भारतमा शुक्रबार मात्रै मध्यप्रदेश इन्दौर क्षेत्रमा एक चिकित्सक कोरोनाभाइरसका कारणले मृत्यु भएको पुष्टि गरेको थियो । त्यसो त, चीनको बुहानमा पहिलो पटक कोरोना फैलिरहेको सूचना दिने चिकित्सकको पनि मृत्यु भएको थियो । डब्लुएचओले ‘फ्रन्टलाइन’ मा काम गर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) मा सबैभन्दा बढी ध्यान दिन देशहरूलाई आग्रह गरेको छ ।