धरान । कोरोना भाइरसको महामारीको समयमा आतङ्कवादी समूहले ‘जैविक हतियार’ प्रयोग गर्न सक्ने भन्दै सयुक्त राष्ट्र सङ्घले सतर्क रहन आग्रह गरेको छ ।
सङ्घले कोरोनाको महामारीलाई नियन्त्रण गर्न सबै एकजुट हुनका लागि अनुरोध पनि गरेको छ । तर, यही बेला आतङ्की हमला गर्नेहरूले ‘जैविक हतियार’ प्रयोग गर्ने सक्ने भन्दै सतर्क रहन आग्रह गरे । सङ्घका सुरक्षा काउन्सिलका सेक्रेटरी जनरल एन्टिनियो गुटेरेसले कोभिड–१९ को महामारीका बेला जैविक आतङ्कवादको खतरा रहेको सङ्केत गरे ।
उनले भने, ‘विश्व यो बेला महामारीसँग लडिरहेको छ । तर, यही बेला आतङ्कवादी समूहले मौकाको फाइदा उठाउँदै हमला गर्न सक्छ ।’
उनले यस्तो बेलामा जैविक प्रहार हुन सक्ने जोखिमलाई पनि उत्तिकै ध्यान दिनका लागि आग्रह गरे । जसले गर्दा यो महामारीलाई थप बल पुग्न सक्ने अनुमान गरेका छन् । उनले भने, ‘यस्तोबेलामा आतङ्कवादीहरूलाई जैविक हमला गर्नका लागि मौका मिल्न सक्छ । यसले बिरामीको जोखिम र खतरालाई मात्रै बढाउँदैन । कयौं गुणा बिरामी पनि बढ्न सक्छ ।’
गुटेरेसले कोभिडको महामारीलाई थप बल पु¥याउनका लागि भाइरसको थप खतरनाक प्रजातिको माध्यमबाट हमला गर्न सक्ने बताए । यसले गर्दा थप खतरा र जोखिम हुनसक्ने संकेत गरेका छन् । विश्वभर १६ लाख ३ हजार ७१९ जना कोरोनाबाट संक्रमित बनेका छन् । ९५ हजार ७२२ जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी इटाली, अमेरिका, स्पेन र फ्रान्समा रहेका छन् ।