ब्लाष्टखबर । कोरोना भाइरस संकट सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा संयुक्त राज्य अमेरिका र चीन आमने सामने भए । अमेरिकाले चीन उपर गम्भीर आरोप लगाउँदै भन्यो कोरोना भाइरसको स्रोत चीनको वुहान शहर हो र चीनले समयमै यस बारे जानकारी दिएन ।
चीनले पनि यसको प्रत्युत्तरमा यस महामारीको समयमा एक अर्कालाई आरोप लगाएर हामी कतै पुग्न सक्दैनौं । मानिसको जीवन बचाउनु सबैभन्दा पहिलो प्राथमिकता हो । बैठकमा अमेरिकाले पारदर्शी ढंगले स्वास्थ्य तथ्यांकको समयमै जानकारी दिनु पर्ने कुरा उठायो ।
अमेरिकाले यो महामारीको सामना गर्न यसको स्रोत (जुन वुहानमा थियो) बाट विश्लेषण गर्नु आवश्यक छ भन्ने कुरा राख्यो । त्यसपछि यो महामारी फैलाउन र वैज्ञानिक तरीकाले तथ्यांक संकलन गर्न धेरै महत्त्वपूर्ण हुन्छ र चीनले यसका लागि सहयोग गर्नुपथ्र्यो ।
चीनले भन्यो कि कसैलाई बलीको बोका बनाएर फाइदा हुदैन, बरु जनताको ज्यान बचाउन जोड दिनु जरुरी छ । त्यति नै बेला रूसले कोरोना महामारीको बेला अमेरिकाले अन्य देशमा लगाइएको प्रतिबन्ध हटाउनमा जोड दियो । चीनले कोविड १९ एक विश्वव्यापी चुनौती हो । चिनले संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनलाई यस युद्धमा लड्नका लागि गरिएका कदमहरूको लागि धन्यवाद पनि दिएको छ ।
सो बैठकमा अमेरिका र चीनबीच भएको वादविवादमा अमेरिकाले कोरोना चीनको वुहान शहरबाट फैलिएको आरोप लगाएको छ । तर चीनले यो कुराको खण्डन गर्दै अमेरिकाले यस समयमा मानिसहरूको जीवन बचाउने कुरामा सोच्नुपर्ने बताएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक बिहीबार भिडियो कन्फरेन्सिंग मार्फत भएको थियो । यसमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भने ‘ यो महामारीको बेला देशहरूले मतभिन्नता बिर्सनुपर्नेछ र सँगै मिलेर काम गर्नुपर्नेछ किनकि यो पुस्ता देखिको लडाई हो ।
संयुक्त राष्ट्र संघका महासचिवले भने–‘आतंककारीहरुबाट हुने खतरालाई टार्न सकिदैन, जब सबै देशहरू कोरोनासँग लड्न ध्यान केन्द्रित गर्छन् , आतंकवादीहरूले यसै समयमा आतंकवादी हमला गर्न सक्छन् । कोरोनाका कारण जुन सतर्कतामा कमजोरी देखियो त्यो कमजोरीको कारणले आतंककारीहरूलाई जैविकआतंकी हमला गर्ने बाटो प्रदान गर्न सक्दछ ।’