धरान । कोरोनाभाइरसको कारण अमेरिकामा थप एक नेपालीले ज्यान गुमाएका छन् ।

ठेगना नखुलेको नेपाली नागरिक ङिमा तेम्बा शेर्पाको निधन भएको हो । उनी केहीदिनदेखि अमेरिका क्वीन्सस्थित एल्मस्र्ट अस्पतालमा उपचार भइरहेको थियो । दुई दिनअघि नै मृत्यु भएको हल्ला भए पनि मुटुको चाल बन्द नभए पछि चिकित्सकले मृतक घोषणा गरेको थिएन । आज बिहान अस्पतालले मृत घोषणा गरेको हो । अमेरिकामा हालसम्म चार जनाले ज्यान गुमाइसकेका थिए । त्यसमध्ये दुई जनाको कोरोनाको कारण मृत्यु भएको हो÷होइन भन्ने खुल्न सकेको छैन ।

चिकित्सकले भने ३ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भइसकेको छ । कोरोनाका कारण विश्वभर ८८ हजार ४४२ जनाको ज्यान गइसकेको छ । सबैभन्दा इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ । यो अन्यभन्दा धेरै हो । अमेरिकामा १४ हजार ७७५ तथा स्पेनमा १४ हजार ७९२ जनाको ज्यान गइसकेको छ ।

फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेका छन् । हालसम्म विश्वभर कोरोनाको संक्रमण १५ लाख १७ हजार ११० जनामा देखिइसकेको छ । नेपालमा ९ जनालाई संक्रमण भएमध्ये एक जना निको भएर गइसकेका छन् ।