धरान । बलिउड स्टार जैकी श्राफ तथा टाइगर श्राफकी बहिनी बलिउड उद्योगमा प्रवेश नगरे पनि विभिन्न कारण चर्चामा आइरहन्छिन् ।

टाइगरकी बहिनी कृष्णा श्राफ फिल्मी उद्योगभन्दा पर भए पनि सामाजिक सञ्जालभन्दा पर छैनन् । पछिल्लो समय प्रेमलीलाका कारण चर्चामा रहेका कृष्णाको जीवनमा खराब दिन शुरु भएको छ । ब्वाइफ्रेण्ड एबन हेम्ससँगको प्रेमिल तस्बिरहरू सार्वजनिक गरिरहेने जोडीमाथि पछिल्लो समय कसैको नजर परेको छ ।

कारण यी जोडीबीच अहिले ब्रेकअप भइसकेको खबर बाहिरिएको छ । केही दिनअघि मात्रै सामुन्द्रिक किनारमा खिचिएका ग्ल्यामरस तस्बिरका कारण यी जोडी खुबै चर्चामा थिए । सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा सार्वजनिक भएको उनीहरूबीच हालसालै ब्रेकअप भएको हो ।

अहिले ब्वाइफ्रेण्ड एबनको तस्बिर इन्स्टाग्रामबाट कृष्णाले सबै डिलिट गरिदिएकी छन् । केही दिनअघि एबनले इन्स्टाग्राममा यी तस्बिरहरू सार्वजनिक गरेका थिए । तर, अहिले एकाएक डिलिट हुनुले प्रेमसम्बन्धमा दरार उत्पन्न भएको बुझ्न कठिनाइ हुँदैन । केही मिडियाका प्रकाशित समाचारलाई आधार मान्ने हो भने यी दुईबीच केही दिनयतादेखि ठीकठाक चलिरहेको थिएन । दुई बीचमा विवाद उत्पन्न भइरहेको थियो ।

उनीहरूबीच झगडा भएको पनि मिडियाहरूले उल्लेख गरेका छन् । यो विषयमा कृष्णाले आधिकारिक रूपमा भने जानकारी गराएकी छैनन् । सामाजिक सञ्जालहरूमा यस विषयमा कृष्णासँग उनका फ्यानहरूले जवाफ मागिरहेका छन् ।